समूह चरणको अन्तिम चितवन टाइगर्सले पोखरा राइनोजलाई ७ विकेटले पराजित गर्‍यो । चितवन टस जितेर पहिले फिल्डिङ रोजेपछि सुरुवाती व्याटिङ गरेको पोखराले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १२९ रन बनाएको थियो । पोखराका लागि सुनिल धमलाले सर्वाधिक ५१ रन बनाए । यस्तै विनोद भण्डारीले २७, कायल कोटजरले २३, राजेश पुलामी मगरले १२ रन बनाए । चितवनका लागि जर्ज स्कटले ३, ललित सिंह भण्डारीले २ विकेट लिए । १३० रनको लक्ष्य लिएर मैदान उत्रिएको चितवनले एक ओभर बाँकी छदै ३ विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो । खेलको १९ औं ओभरको अन्तिम दुई बलमा दीपेन्द्र सिंह ऐरीले चौका र छक्का प्रहार गर्दै चितवनलाई महत्वपूर्ण जित दिलाए । दीपेन्द्रले अविजित ५४ रन बनाए भने जर्ज स्कट अविजित ३ रन बनाए । चितवनलाई जित दिलाउन पउल स्टिर्लिङले ५५, सन्दीप सुनारले १० र जोहन सिम्पसनले ९ रन बनाए । पोखराका लागि नन्दन यादवले २ र सुसन भारीले एक विकेट लिए ।