लंकाशायर र मिडलसेक्सबाट खेलिसकेका ३० वर्षे सिम्पसनसँग १ सय ४० प्रथम श्रेणी र ८४ लिस्ट ‘ए’ क्रिकेटको अनुभव छ । इंग्ल्यान्डबाट यू १९ मा प्रतिनिधित्व गरिसकेका सिम्पसनले ९४ मान्यता प्राप्त ट्वान्टी-२० खेल खेलिसकेका छन् । चितवनले ईपीएलका लागि ल्याएका उनी दोस्रो खेलाडी हुन् । चितवनले यसअघि नै आयरल्यान्डका पाउल स्टिर्लिङलाई लिइसकेको छ । जोहन सिम्पसन जस्ता अनुभवी खेलाडीको आवश्यकता महशुस भई उनलाई आवद्ध गरेको चितवन टाइगर्सका मालिक किशोर भट्टराईले बताए । दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको चितवन टाइगर्समा पृथु बाँस्कोटा, दीलिप नाथ, सन्दीप सुनार, भीम सार्की, ललितसिंह भण्डारी, कमलसिंह ऐरी, साहव आलम लगायत खेलाडी छन् ।