एभरेस्ट प्रिमियर लिग अन्तर्गत चितवन टाइगर्सले लिगमा चौथो खेल खेल्दा पहिलो जित निकाल्न सफल भएको छ। प्ले अफ पुग्ने सम्भावना जीवित राख्न जित मात्रै बिकल्प रहेको अवस्थामा चितवनले बिराटनगरलाई ५ रनले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै चितवनले बनाएको १९६ रनको जवाफमा ब्याटिंग गरेको बिराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १९१ रन मात्रै बनाउन सकेको हो। जितसंगै अंक तालिकामा चितवन ४ खेलमा ३ हार र १ जितको साथ चौथो स्थानमा उल्केको छ। उता ४ खेलमा २ जित र २ हारको साथ बिराटनगर तेश्रो स्थानमा यथावत रहेको छ। ३/३ जित हात पार्दै ललितपुर प्याट्रीएट्स र भैरहवा ग्ल्याडीएटर्स प्लेअफ पुगी सकेका छन्।